विदेश

बेलायतमा काउन्सिलर बने नेपाली मूलका ३ पूर्वगाेर्खाज

बेलायतमा काउन्सिलर बने नेपाली मूलका ३ पूर्वगाेर्खाज

काठमाडाैं । बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका ३ व्यक्ति काउन्सिलरमा विजयी भएका छन् ।

 

विष्णु गुरुङ, चित्र राना र लक्ष गुरुङ काउन्सिलरमा विजयी भएका हुन् । उनीहरू तिनै जना भूतपूर्व गोर्खा सैनिक बेलायती नागरिक हुन् । ह्यानवर्थ पार्क वार्डबाट प्रतिस्पर्धा गरेका विष्णु गुरुङ १३१५ मतका साथ विजयी भए । लेबर पार्टीको तर्फबाट चुनावमा भाग लिएका गुरुङ यसअघि पनि साेही पदमा विजयी भएका थिए ।

 

 

यस्तै भूतपूर्व गोर्खा सैनिक मेजर चित्र राना पनि दोस्रोपटक कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदमा विजयी भएका हुन् । रानाले लिबरल डेमोक्र्याट्स पार्टीका जेम्स रिचार्डलाई पराजित गरेका थिए । लक्ष गुरुङ कन्जरभेटिभ पार्टीको तर्फबाट जितेका हुन् । 

बेलायत गाेर्खाज नेपाली मूल

विशेष