दुई थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट २ थान बन्दुक र लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोली बकैया गाउँपालिका ११ का ३० बर्षीय झलकमान न्यासुर र विजय योञ्जनलाई पक्राउ गरेको हो।
प्रहरीले न्यासुरको गोठमा लुकाई राखेको भरुवा बन्दुक १ थान र लागुऔषध गाँजा १ किलो बरामद गरेको छ भने योन्जनको गोठबाट भरुवा बन्दुक १ थान बरामद गरेको छ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले बताए।