विदेश

अमेरिकालाई फेरि दियो उत्तर कोरियाले यस्ताे चेतावनी

अमेरिकालाई फेरि दियो उत्तर कोरियाले यस्ताे चेतावनी

काठमाडाैं । उत्तर कोरियाले ऐतिहासिक वार्ताको तयारी भइरहेका बेला दबाब तथा सैन्य कारवाहीको धम्की नदिन अमेरिकालाई चेतावनी दिएको छ ।

 

दुवै देश ऐतिहासिक वार्ताको तयारीमा रहेका बेला आइरहेका दबाब तथा सैन्य कारवाहीको धम्कीले वार्ताको वातावरण बिथोल्न सक्ने भन्दै उत्तर कोरियाले चेतावनी दिएको हो ।

 

उत्तर कोरियाको विदेश मन्त्रालयका एक अधिकारीका अनुसार अमेरिकाले जानीजानी नै आफूहरुलाई उक्साउने खालका गतिविधि गरिरहेको छ । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम पूर्ण रुपमा बन्द नभएसम्म प्रतिबन्ध नहटाउने भन्नु त्यसको उदहारण रहेको ती अधिकारीले बताएका छन् ।

 

उत्तर कोरियाका नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच आउँदो केही हप्ताभित्र वार्ता हुने तयारी छ । यो दुई देशका शीर्ष नेताबिचको पहिलो बैठक हुनेछ ।

 

केही महिनाअघिसम्म तनावको अवस्थामा रहेको कोरियाली प्रायद्विपको अवस्था अहिले सुधारको संकेतमा छ । गएको महिना उत्तर र दक्षिण कोरियाबिच कोरियाली क्षेत्रलाई परमाणु हतियार मुक्त बनाउने सहमति पनि भएको छ ।

 

उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनबिच अप्रिल २७ मा पहिलो पटक भेटवार्ता भएको थियो ।

 

अब किम–ट्रम्प वार्ताको तयारी छ । तर उत्तर कोरियाले अमेरिकाको लगातार आलोचना गर्दै आएको तथा अमेरिकाले दबाब तथा धम्की दिँदै आएकाले प्रस्तावित वार्ता सहज भने देखिँदैन ।

डोनाल्ड ट्रम्प किम जोङ–उन

विशेष