राष्ट्रिय पत्रकारिता दिवस मनाईंदै, पाँच पत्रकार सम्मानित हुने
काठमाडौं । तेस्रो राष्ट्रिय पत्रकारिता दिवस सोमबार समृद्धि र सुशासनका लागि आमसञ्चारको अभियान भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
नेपालको पहिलो पत्रिका गोरखा पत्रको प्रकाशन सुरु भएको दिनलाई नै राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउन सुरु गरिएको हो । तीन वर्षअघि सरकारले मान्यता दिएसँगै यो दिवस मनाउन थालिएको हो ।
तीन वर्षअघि देखि सरकारले यो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो । दिवसका अवसरमा सरकारले वरिष्ठ सञ्चारकर्मीहरुलाई सम्मानसमेत गर्दै छ ।
मन्त्रालयले यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट र डा. राजेश अहिराजलाई प्रदान गर्ने भएको छ । यस्तै, वरिष्ठ पत्रकार सम्मान २०७४ पत्रकारहरु बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।
राष्ट्रिय पत्रकारिता दिवस २०७५ को अबसरमा आज राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीले पुरस्कार प्रदान गर्नु हुनेछ । पुरस्कारको राशी जनही दुई लाख रुपैंयाँ रहेको छ ।
राष्ट्रिय पत्रकारिता दिवस