सुतिरहेकाे अवस्थामा एक युवकमाथि एसिड प्रहार, अवस्था गम्भीर

चितवन । चितवनमा एक युवकमाथि एसिड प्रहार गरेका छन् । चितवनको भरतपुर महानगरपालिका- २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार गरी गम्भी घाइते बनाएका छन् ।
गएराति सुतिरहेका महर्जनमाथि विश्वकर्माले एसिड हानेका हुन् । घाइते महर्जनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । एसिड प्रहार गर्ने सुजित प्रहरीको नियन्त्रणमा छन् ।
चितवनमा केही दिनअघि ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले त्रिचोकमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरी घाइते बनाएका थिए ।
एसिड प्रहार