News राजनीति प्रदेश २

माेदी भ्रमणकाे तयारीबारे बुझ्न परराष्ट्रमन्त्री जनकपुरमा

माेदी भ्रमणकाे तयारीबारे बुझ्न परराष्ट्रमन्त्री जनकपुरमा

 जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण तयारीबारे बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर आएका छन् ।  

 

ज्ञवाली सोमबार विहान जनकपुर पुगेका हुन् । उनले मुख्यमन्त्री लालबाबु राउतसहितको बैठक राखेर भ्रमण तयारीबारे जानकारी लिएका छन् । 

 

जनकपुर उपमहानगरले गरिरहेको तयारी सन्तोषजनक पाइएको मन्त्री ज्ञवालीले बताए । उनका अनुसार जनकी मन्दिरमा पूजापाठ र नागरिक अभिनन्दन मुख्य कार्यक्रम छ । 

 

विगतमा भएका सहमतिहरुको कार्यान्वयन लगायतको समिक्षा र दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन काठमाडौंमा नै हुने उनले बताए ।

नरेन्द्र मोदी जनकपुरधाम प्रदीप ज्ञवाली

विशेष