News देश राजनीति

मोदी आउने भएपछि राजधानीका फूटपाथ पसल हटाइयो

मोदी आउने भएपछि राजधानीका फूटपाथ पसल हटाइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाइएको छ। रत्‍नपार्कबाट हटाउन थालिएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए।

 

कामपाकाका भित्री शहरमा अझ बढी यस्ता पसल सञ्‍चालन हुँदै आएकाले सडक किनारामा यात्रा गर्ने यात्रुलाई कठिन भएको छ । अव्यवस्थित रुपमा  राखिएको पसलले दुर्घटनामा समेत वृद्धि हुनाका साथै हिड्न समेत कठिन भएकाले पसल हटाउन यो अभियान सुरु गरिएको उनले बताए।

 

नगर प्रहरीको सहकार्यमा पसल हटाउने काम भइरहेको छ, सुरुवातका समयमा सबै स्थानमा नराख्नका लागि सुझाव दिने र त्यसपछि पनि राखेमा प्रहरीले सामग्रीसहित नियन्त्रणमा लिने र पसल राख्नेले जरिवानासमेत बुझाउनु पर्ने बताए।

 

अनुमतिबिना नै त्यस्ता पसल सञ्चालनमा हुने भएकाले तिनको संख्या कति छ भन्‍ने यकिन तथ्याङ्क छैन।

नरेन्द्र माेदी नेपाल भ्रमण

विशेष