News राजनीति

विप्लव निकट संगठनको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप, १२ जना पक्राउ

विप्लव निकट संगठनको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप, १२ जना पक्राउ

काठमाडौं । नेत्रबिक्र चन्द विप्लव नेतृत्वकाे नेपाल  कम्युनिष्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्षसहित १२ जनलाई प्रहरीले पक्राउ गरेको छ ।

 

काठमाडौंको संवाद डबलीमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

 

पक्राउ पर्नेमा महासंघका केन्द्रीय महासचिव गोकुल दाहाल, सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एलवि बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भिम अधिकारी, केशवबहादुर बुढा, विनोद सिर्पाइली, शिव परियार र नितु शाह रहेका छन्।

 

पक्राउ पर्ने सबैलाई सिंहदरबार वृतमा राखिएको जनाइएको छ । 


 

विप्लव संगठन १२ जना पक्राउ

विशेष