News

कलश र फूलमालाले मोदीलाई स्वागत गर्न मुख्यमन्त्री राउतको निर्देशन

कलश र फूलमालाले मोदीलाई स्वागत गर्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम । वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी जनकपुर आउने भएपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरको सरसफाइमा ध्यान दिन नगरबासीलाई आग्रह गरेका छन्।

 

यस्तै, मोदीको अभिनन्दन गरिने ठाउँ बाह्रविग्हा जान पास नचाहिने तर १० भित्र पुगिसक्नुपर्ने पत्रकार सम्मेलन मार्फत जनाएका छन्।

 

भारतीय प्रधानमन्त्री पहिलोपटक जनकपुर आउन लागेको भन्दै कलश र फूलमालाले स्वागत गर्न नगरबासीलाई आग्रह गरिएको छ।

 

समानयता दक्षिणपट्टीको ढोकाबाट आवतजावत हुने बाह्रविग्हामैदानमा २८ गते उत्तरपट्टिको ढोकाबाट सर्वसधारणलाई छिर्न आदेश दिइएको छ।

नरेन्द्र माेदी स्वागत

विशेष