News खेल

स्ट्रिट चाइल्ड वल्र्डकपः विश्वकप खेल्ने नेपाली टोलीको बिदाई

स्ट्रिट चाइल्ड वल्र्डकपः विश्वकप खेल्ने नेपाली टोलीको बिदाई

काठमाडौं । रुसको मस्कोमा हुने ‘स्ट्रिट चाइल्ड वल्र्डकप’ मा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपले बिदाई गरेको छ । नेपाली टिम बुधबार मस्को प्रस्थान गर्नेछ ।  

 

९ जना खेलाडीले मस्कोमा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्रिपुरेश्वरको ओलम्पियन सेमिकवर्डहलमा आयोजित कार्यक्रममा परिषदका सदस्यसचिव केशवकुमार विष्टले ९ सदस्यीय नेपाली टोली र अफिसियललाई बिदाई गरेका हुन् ।

 

नेपाली टोलीलाई बिदाई गर्दै सदस्यसचिव विष्टले देशको नाम अन्तर्राष्ट्रिय समुदायमा फैलाउन भन्दै अन्य सडक बालबालिकाको लागि प्रेरणाको श्रोत बन्न शुभकामना दिए । स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा हुने प्रतियोगिता सेभेन ए साइडको आधारमा सञ्चालन हुनेछ ।

 

रुस जाने नेपाली टोलीमा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनविर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन् ।

 

सेल्टर आश्रय नेपालले तीन महिनाअघि सडक बालबालिकाहरुको राष्ट्रिय लिग सञ्चालन गरेर टिम छनोट गरेको थियो ।

स्ट्रिट चाइल्ड वल्र्डकप

विशेष