News मुख्य समाचार

साना परियोजनामा भारतीय दूतावासको सिधै लगानी देउवाकाे निर्णयः परराष्ट्रमन्त्री ज्ञवाली

साना परियोजनामा  भारतीय दूतावासको सिधै लगानी देउवाकाे निर्णयः परराष्ट्रमन्त्री  ज्ञवाली

काठमाडौं । भारतीय दूतावासलाई ५ करोड रुपैयाँसम्मका साना परियोजनामा सिधै लगानी गर्न दिने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २०७४ मंसिर १४ गतेको मन्त्रिरिषद बैठकले यो निर्णय गरेको बताएका हुन् । केपी ओली नेतृत्वको सरकारले सुटुक्क साना अनुदान सम्झौता अघि बढाउने निर्णय गरेको भनी समाचार आएपछि मन्त्री ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

आफूहरु आउनुअघि नै भएका निर्णय नियतवश अहिले गरिएको भनेर प्रचार भइरहेको ज्ञवालीले बताएका छन् । अर्थ मन्त्रालयका अधिकारीहरुले पनि देउवा सरकारकै पालामा परिपत्र आएको जानकारी दिएका छन् ।

 

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार यस्ता सहयोगबारे सरकार छलफलकै क्रममा छ । मुलुक संघीय अभ्यासमा गइसकेको अवस्थामा कुनकुन सेक्टरमा कस्ता सहयोग लिन सकिन्छ भनेर छलफल भइरहेको उनले बताए ।

 

भारतले ‘स्मल ग्राण्ड एग्रिमेन्ट’ अन्तर्गत विभिन्न जिल्लामा विद्यालय भवन, स्वास्थ्य चौकी लगायतका भवनहरु निर्माण गरिरहेको छ । त्यस्ता परियोजनामा भारतीय दूतावासले सिधै लगानी गरेर समुदायलाई हस्तान्तरण गर्छ ।

 

पछिल्लो समय यसरी सिधै गाउँ गाउँमा भारतीय दूतावासलाई लगानी गर्न दिन नहुने आवाज उठिरहेको छ ।

शेरबहादुर देउवा प्रदीप ज्ञवाली भारतीय दूतावास साना परियोजनामा

विशेष