News

विद्यालय तहलाई तीनै तहको सरकारको कार्यसूचीमा राख्‍न शिक्षामन्त्री ज्ञापनपत्र

विद्यालय तहलाई तीनै तहको सरकारको कार्यसूचीमा राख्‍न शिक्षामन्त्री ज्ञापनपत्र

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटी आज विद्यालय शिक्षालाई तीनै तहको सरकारको संयुक्त कार्यसूचीमा राख्नुपर्ने लगायत २३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

 

विद्यालय तहलाई स्थानीय तहको मात्र अधिकार सूचीमा राख्दा गुणस्तर, लगानी र शिक्षक व्यवस्थापनका सम्बन्धमा प्रभावकारी समन्वय नहुने जनाउँदै महासंघले सो ज्ञापनपत्र दिएको हो। संविधानतः विद्यालय तह स्थानीय तहको अधिकारसूचीमा छ।

 

महासंघले शिक्षक सेवा आयोगलाई संवैधानिक बनाइनुपर्ने, स्थगित अस्थायी शिक्षकहरुको परीक्षा चाँडो तोकिनुपर्ने, द्वन्द्वकालमा विस्थापित शिक्षकहरुलाई पुनः बहाली गरिनुपर्ने माग पनि राखेको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए।

 

सो अवसरमा मन्त्री पोखरेलले मागहरुबारे आफू गम्भीर रहेको र थप गृहकार्य गरी अस्थायी शिक्षकको परीक्षालगायत विषयमा टुङ्गोमा पुगिने विश्वास व्यक्त गर्नुभएको थियो । गत चैत २३ गतेका लागि रोकिएको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा मन्त्रालयको आग्रहमा स्थगित भएको थियो।

गिरिराजमणि पोखरेल विद्यालय ज्ञापनपत्र

विशेष