विदेश

सी र किमबीच दालिअनमा भेटवार्ता

सीसँगकाे भेटले नयाँ युगको मागलाई सम्बोधन गर्छः किम जोङ उन

सी र किमबीच दालिअनमा भेटवार्ता

दालिअन । चीनका राष्ट्रपति सी जिन फिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा भेटवार्ता भएको छ ।

 

कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिएको तनाव र उत्तर कोरियाको आणविक हतियार परीक्षणपछि अमेरिकालगायत अन्तर्राष्ट्रियस्तरमा देखिएको तनाव अन्त्य गर्ने प्रयास स्वरूप उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा भएको दुई कम्युनिष्ट नेताबीचको भेटलाई विशेष महत्वका साथ लिइएको छ । 

 

चीनले मध्यस्थता वासिङ्टनलाई वार्तामा ल्याउन मध्यस्थता गरिरहेको भन्ने खबरहरू सञ्चारमाध्यममा आइरहँदा किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका विषयमा सीसँग भेट गरेको हुनसक्ने बताइएको छ ।

यसैबीच चिनियाँ भूमिमा भएको कार्यक्रममा कोरियाली नेता किमले भने, ‘चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी र मेरोबीचमा चीन र उत्तर कोरियाबीच ऐतिहासिक बैठक गरी दुई एसियाली मुलुकको विकास र सम्बन्ध सुधारका लागि अभूतपूर्व ढङ्गबाट अघि बढ्ने असल संस्कृतिको विकास भएको छ ।’ 

 

करिब एक महिनाको समयमा राष्ट्रपति सीसँग भएको मेरो यो दोस्रो भेटले हामीबीचको आपसी विश्वास र प्योङयाङ र बेइजिङबीच बृहद विकासका लागि मित्रवत एवम् समन्वयकारी भूमिकाको लागि नयाँ अध्याय शुरु भएको छ, उने भने । यसले नयाँ युगको मागलाई सम्बोधन गर्ने छ ।

 

यसैबीच कोरियाली प्रायद्वीपमा रहेको तनावबारे बोल्नुहुँदै चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, ‘भेटमा आफू र किमबीच भएको पहिलो भेटमा विचारहरूको आदानप्रदान भएको र पछिल्लो भेटमा किमले कोरियाली प्रायद्वीपमा रहेको तनावलाई सहज पार्न सक्रिय वार्ता प्रयास गरेको पाएँ ।’

उनले तनावलाई सहजरूपमा अन्त्यका लागि रचनात्मक भूमिका खेलेको भन्दै किमको प्रसंशा गरे ।  उनले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्न गरेको उत्तर कोरियाली प्रतिवद्धतामा सहयोगी भूमिका खेल्ने र वासिङटन र उत्तर कोरियाबीचको वार्तामा मध्यस्थता एवम् परामर्श दिने बताए। 

 

उक्त अवसरका कोरियाली कम्युनिष्ट पार्टीका पछिल्ला गतिविधिबारे नेता किमले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीलाई जानकारी गराउनुभएको थियो । रासस

किम जोङ उन भेटवार्ता सी जिन फिङ

विशेष