News मुख्य समाचार राजनीति

मोदी भ्रमणः प्रधानमन्त्री ओली र पूर्व परराष्ट्रमन्त्रीबीच छलफल, कसले के दिए सुझाव ?

मोदी भ्रमणः प्रधानमन्त्री ओली र पूर्व परराष्ट्रमन्त्रीबीच छलफल, कसले के दिए सुझाव ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व पराराष्ट्रमन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तिहरुसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा परामर्श गरेका छन्।

 

प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाअघिको भारत भ्रमणको पहिलो दिनको भेटमै आफूले भारतीय समकक्षीसँग सुझाएको मितिमै भ्रमण हुन लागेको बताए। सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणका अवसरमा आयोजना गरिने कार्यक्रमबारे बताएका थिए। 

 

छलफलका क्रममा पूर्व प्रधानमन्त्री तथा पूर्व पराराष्ट्रमन्त्री माधवकुमार नेपालले भारतले सीमाक्षेत्रमा बनाएका बाँधहरुका कारण हरेक वर्षायाममा नेपालतर्फ डुबान हुने समस्याबारे भारतीय पक्षले संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका थिए। 

 

उक्त अवसरमा संघीय लोकतान्त्रिक फोरमका नेता राजेन्द्र श्रेष्ठले पनि नेपालका तर्फबाट भारतीय पक्षसमक्ष वार्ता गर्दा राष्ट्र हितको विषयलाई सिरोपर गर्नुपर्ने सुझाव दिए।

 

यस्तै, पूर्व परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, नेपाल–भारत प्रबुद्ध समूहका नेपालतर्फका संयोजक डा भेषबहादुर थापा तथा पूर्व रक्षामन्त्री भीम रावल र राजपाका नेता महन्थ ठाकुरले भारतका तर्फबाट गरिएका प्रतिबद्धता पूरा गरिनुपर्ने धारणा व्यक्त गरे।

 

डा थापाले प्रधानमन्त्री ओलीको पहलमा नेपाल र भारतबीच यसअघि कहिल्यै नभएको परिमाणमा संवाद भइरहेको भन्दै भारतीय पक्षको कार्यान्वयन गर्ने तहबाट पनि राम्रो व्यवहार हुने अपेक्षा रहेको बताए।

प्रधानमन्त्री ओली पूर्व पराराष्ट्रमन्त्री छलफल

विशेष