News अपराध सुरक्षा प्रदेश ५

लागुऔषधसहित दुई नेपाली र एक भारतीय पक्राउ

लागुऔषधसहित दुई नेपाली र एक भारतीय पक्राउ

बाँके । नेपाल–भारत सीमानाका रूपइडिहाबाट ठूलो परिमाणमा अफिम र चरेससहित तीन जना पक्राउ परेका छन्। सीमा सशस्त्र बल (एसएसबी)ले दुई करोड छ लाख भारतीय रुपैयाँ मूल्य बराबरको अफिम र चरेससहित दुई नेपाली र एक भारतीयलाई पक्राउ गरेको हो।  

 

उत्तर प्रदेशको पूर्वी बहराइच जिल्लाको रूपइडिहा थानाअन्तर्गत टुट्टाछुट्टै स्थानबाट तीन जना तस्कर र उनीहरूको साथमा रहेको दुई किलो चरेस र चार किलो ८०० ग्राम अफिम बरामद गरिएको एसएसबीले जनाएको छ। बरामद गरिएको चरेस र अफिमको अन्तर्राष्ट्रिय मूल्य दुई करोड चार लाख भारतीय रुपैयाँ भएको जनाइएको छ।

 

 एसएसवीको ४२औँ वाहिनीका उपकमान्डर शैलेन्द्रकुमार पाण्डेयले दिएको जानकारीअनुसार पक्राउ परेका चरेस तस्कर भारतका अनिल कुमार, जाजरकोट कार्की गाउँका सागर कार्की र केरारे कठायत रहेका छन्। तीनै जनालाई लागुऔषध ओसारपसार ऐनबमोजिम कारवाही प्रक्रिया अगाडि बढाइएको पाण्डेयले जानकारी दिए। 
 

लागुऔषध पक्राउ बाँके

विशेष