News

वीरगञ्ज–काठमाडौं रेलमार्ग भारतले बनाइदिने कुरा ओगट्ने नियत मात्रै

वीरगञ्ज–काठमाडौं  रेलमार्ग भारतले बनाइदिने कुरा ओगट्ने नियत मात्रै

काठमाडौं । भारतले नेपालमा निर्माण अघि बढ्न लागेको आयोजनामा हस्तक्षेप गरी पूरा हुन नदिने पुरानै नीति हो ।

 

नेपाल सरकारले वीरगन्ज-काठमाडौं रेलमार्ग निर्माणको लागि दक्षिण कोरियाली कम्पनीलाई छनौट गरेपछि भारतले उपहार स्वरुप काठमाडौं-रक्सौल रेलमार्ग निर्माणको प्रस्ताव अघि सारेर उक्त आयोजनामाथि ओभरल्यापको प्रयास गरेको हो ।

 

सूत्रका अनुसार नेपाली अधिकारीहरुले सम्भाव्यता अध्ययन नेपलले नै गरेर आयोजना निर्माणको लागि मात्रै भारतले दिने प्रस्ताव भारतले अस्वीकार गरेका कारण यसअघि भित्राइएको दक्षिण कोरियाली कम्पनीलाई फर्काउने तयारी भइरहेको छ ।

 

भारतले दक्षिण कोरियाली कम्पनीलाई कुनै पनि हालतमा फर्काउनुपर्ने शर्त पूर्वाधार योजना मन्त्रालयमार्फत अघि बढाएपछि अधिकारीहरु अन्यौलमा छन् । 

 दृष्टि साप्ताहिकबाट 

विशेष