कमल थापा भन्छन् ‘श्रीनिवासको कार्य निन्दनीय र भत्सर्नायोग्य छ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चैत २५ गते धर्मगुरु श्रीनिवासलाई गोली प्रहार भएसँगै घटनाको निन्दा एवं दोषीमाथि कारबाहीको माग गरेका थिए ।
प्रहरीले सोमबार आफैंले गोली हान्न लगाएको भन्दै श्रीनिवासलार्इ काठमाडौंबाट पक्रेपछि गोलीकाण्डको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् । थापाले आफैंमाथि आक्रमण गराएको प्रहरी दाबी सत्य भए त्यो निन्दनीय र भर्त्सनायोग्य हुने बताएका छन् ।
प्रहरीले श्रीनिवासलाई पक्रेपछि उनले ट्वीट गर्दै भनेका छन् ‘ धर्मगुरु आचार्य श्रीनिवास स्वयंले आफूमाथि आक्रमण गराएको प्रहरीले जनाएको छ । यदि प्रहरीको भनाइ सत्य हो भने श्रीनिवासको यो कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा श्रीनिवास