विदेश सफलताको कथा

भारतीय युवती जसले कमाउँछिन् डेढ करोड बढी

भारतीय युवती जसले कमाउँछिन् डेढ करोड बढी

भर्खरै २५ वर्षकी मधुमिता कुमारलाई गुगलले वार्षिक एक करोड ८५ लाख रुपैयाँ तिर्नेगरी कम्पनीमा भित्रको छ । तुलनात्मक रुपमा यो निकै आकर्षक कमाई हो ।  


सोमबार उनलाई उक्त तलब प्याकेजमा गुगलले स्विट्जरल्यान्डको जुरिखस्थित कार्यालयमा टेक्निकल सोलुसन इन्जिनियरको रुपमा नियुक्त गरेको हो ।

 

गुगलमा काम सुरु गर्नुअघि उनी बेङ्गलुरुमा एपीजी कम्पनीमा थिइन्। उनका पिता सुरेन्द्रकुमार शर्माकाअनुसार पछिल्ला दिनहरुमा मधुमितालाई अम्याजन, माइक्रोसफ्ट एवं मर्सि्डिजसहितका कम्पनीहरुले अफर गरेका थिए।

 

मधुमिता पटनासँग जोडिएको क्षेत्रमा जन्मी, हुर्की बढेकी हुन्। उनका पिता सुरुमा उनलाई इन्जिनियरिङ पढाउन तयार थिएनन्। आज उनी छोरीको सफलताको उत्सव मनाइरहेका छन्।

 

‘सुरुमा मैले भनेको थिएँ इन्जिनियरिङको फिल्ड केटीहरुका लागि होइन। पछि मैले देखेँ धेरै केटीहरु यो फिल्डको अध्ययनमा भएको देखेँ। तत्कालै भर्ना गरिदिएँ।’

 

डिएभी स्कूलकी छात्रा

मधुमिताले जयपुरको आर्या कलेज अफ इन्जिनियरिङ तथा टेक्नोलोजीबाट कम्प्युटर साइन्समा इन्जिनियरिङको पढाई पूरा गरेकी हुन्। सन् २०१०–२०१४ उनको ब्याच थियो। त्यसअघि उनको अध्ययन डिएभी, वाल्मी स्कूलमा भएको हो।

 

परिवारबाटै देश बाहिर जाने उनी पहिलो व्यक्ति हुन्। उनी यसै वर्ष फेब्रुअरीमा अमेरिका गएकी थिइन्। उनको पहिलो विदेश भ्रमण सम्झँदै पिता सुरेन्द्र भन्छन्, ‘छिमेकीलाई जस्तै हाम्रो परिवारलाई पनि विदेश जानु ठूलो उपलब्धि हो।

 

उनी गएपछि सबैलाई लाग्यो कोही त अमेरिका घुम्नगयो।’ तर अब आफ्नी छोरी हजारौं किलोमिटर टाढा एक्लै रहने विषयको महसुस उनलाइ हुन थालेको छ।

 

मधुमिताले यो सफलता पाउनुमा उनको लगन र मेहनत बाहेक थप एक व्यक्तिको महत्वपूर्ण भूमिका छ । उनी हुन् भारतका विख्यात वैज्ञानिक एवं पूर्व राष्ट्रपति एपिजे अब्दुल कलाम ।

 

यो सुरेन्द्रकुमार रेल्वे सुरक्षा बलमा सहायक सुरक्षा आयुक्तको पदमा तैनाथ रहेका बेलाको कुरा हो । मधुमिता परिवारमा सँगै बस्थिन । उनले मन पर्ने व्यक्ति तत्कालीन भारतीय राष्ट्रपति कलाम बने । कलामको जीवनीबाट उनी बढी नै प्रभावित भएको सुरेन्द्र बताउँछन्। ‘राष्ट्रपतिबाट मधुमिता बढी नै प्रेरित थिइन्। उनका पुस्तक, जीवनी र विचारभन्दा टाढा मधुमिता अन्त जाँदै गइनन्’, उनले भने । एउटा निम्नमध्यम वर्गीय परिवारमा हुर्किएकी उनलाई कलामसँग भौतिक रुपमा भेटवार्ता गर्ने अवसर भने जुरेन ।

 

गणित, फिजिक्स र भौतिक विज्ञानमा तेज

स्कूलको पढाई अब्बल मधुमिता गणित, फिजिक्स तथा भौतिक विज्ञानमा तेज थिइन् । वक्तृत्व कलामा उनी भाग लिन्थिन् । स्कूल पढुन्जेलसम्म उनको सपना प्रशासन सेवाको अधिकृत बन्ने थियो । तर पछि उनले इन्जिनियरिङ रोजेर आफ्नो करिअरलाई अलग मोड दिइन् ।

 

मधुमिताभन्दा अगाडि बिहारकै वात्सल्य सिंहलाई माइक्रोसफ्टले करिब दुई करोड रुपैयाँ तलबमा लिएको थियो। दुई वर्ष पहिलो माइक्रोसफ्टबाट यो अफर पाउँदा वात्सल्य आइआइटी खड्गपुरमा अन्तिम वर्षकी विद्यार्थी थिइन्।

 

‘मधुमिताले १२ कक्षमा ८६ प्रतिशत अंक पाएकी थिइन् । देशका राम्रा कलेजमा भर्ना पाउन यो अंक औसत मात्र हा े। अहिले उनको सफलताले यो प्रमाणित गरेको छ कि बोर्डमा राम्रो नम्बर नआउँदैमा सफलताका सबै ढोका बन्द हुँदैन’, सुरेन्द्र भन्छन्।

 

सुरेन्द्र अहिले पनि सोनपुर रेलवे सुरक्षा बलमै कार्यत छन्। उनकी जेठी छोरी रश्मी इन्दोरस्थित अरविन्दो मेडिकल कलेजीमा एमबीबीएस पढ्दैछिन् । छोरा हिमांशु शेखर बेङ्गलुरुस्थित आरबी कलेज अफ इन्जिनियिरिङमा मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षका छात्र हुन्।
 

मधुमिता कुमार डेढ करोड

विशेष