वीरेन्द्रको नासो चीनले उम्कायो, नेपालकै डनहरु पनि सहभागी
काठमाडौं । राजा वीरेन्द्रले चढ्ने गरेको र वर्तमान राष्ट्रपति तथा सेनाका परमाधिपति विद्यादेवी भण्डारीले पनि मन पराउनु भएको रोमियो अल्फा गल्फ कल साइनवाला फ्रेन्च सुपर पुमा हेलिकोप्टर सेनापति राजेन्द्र क्षतिको कार्यकाल रहुञ्जेल अर्थात भदौसम्म रोक्न लागिएकोमा रोमियो अल्फा जुलियट कल साइनको अर्को हेलिकोप्टरसँगै चीन सरकारलाई बेचिएको छ ।
स्रोतका अनुसार ती दुवै हेलिकोप्टर आजभोलि नै गन्तव्यतर्फ उड्दैछन् । सेनाका पूर्वजर्नेल तथा पाइलट गुञ्जमान लामा र हवाई क्षेत्रका डन आङछिरिङ शेर्पाको पहलमा यी दुई हेलिकोप्टर कौडीको भाउमा फुत्काउन छिमेकी राष्ट्र सफल भएको छ ।
नयाँ किन्दा एउटैको झन्डै दुई अर्ब पर्ने यी हेलिकप्टर जम्मा ३३ करोडमा किनेर चीनले आगलानी नियन्त्रणको काममा लगाउने भएको छ ।
जनआस्था साप्ताहिकबाट