विदेश

विश्वकै सर्वाधिक शक्तिशाली सी जीनपिङ, माेदी ९ अाैं, उत्तरकाेरियाली नेता किम कति अाैं स्थानमा ?

विश्वकै सर्वाधिक शक्तिशाली सी जीनपिङ, माेदी ९ अाैं, उत्तरकाेरियाली नेता किम कति अाैं स्थानमा ?

एजेन्सी । अमेरिकाबाट प्रकाशन हुने म्यागजिन फोर्ब्सका अनुसार विश्वका ७ अर्ब भन्दा धेरै जनसंख्यामा चीनका राष्ट्रपति सी जीनपिङ सर्वाधिक प्रभावशाली  व्यक्तिकाे रूपमा सूचीकृत भएका छन् । रूसका राष्ट्रपति भ्लादिमिर पुटीनलार्इ पछि पार्दै सी पहिलाे नम्बरमा परेका छन् ।


 

चारपटक लगातार पहिलाे नम्बरमा रहेका पुटीन यसपटक दाेस्राे स्थानमा परेका छन् । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नवाैं स्थानमा छन् । उनले फेसबुकका मार्क जुकरबर्ग र बेलायती प्रधानमन्त्री टेरेजा मेलार्इ समेत पछि पारेका हुन् । भारतबाट यसअघि पनि विभिन्न व्यक्तिकाे नाम सर्वाधिक प्रभावशालीकाे रूपमा प्रकाशित छ । अमेरिकी राष्ट्रपति ट्रम्प भने तेस्रो स्थानमा परेका छन् । राजनीतिज्ञहरुमा ट्रम्पपछि सबैभन्दा धेरै ट्वीटर फलोअर भएका नेता मोदी नै हुन् ।

 

१० वर्षसम्म शीर्ष दश स्थानमा रहँदै आएकी जर्मनीकी चान्स्लर एन्जेला मार्कल यसपटक चौथो स्थानमा छिन् । फोर्ब्सले सार्वजनिक गरेको ७५ जना प्रभावशाली व्यक्तिहरूकाे सूचीमा नेपालकाे तर्फबाट काेही पनि छैन । कुनै व्यक्तिकाे बाेलीकाे प्रभाव, चर्चा जस्ता विषयलार्इ अाधार मानेर प्रभावशाली व्यक्तिकाे सूची तयार पारिने बताइएकाे छ ।



यस वर्षको सूचीमा आएका १७ नयाँ नामहरु छन् । जसमध्ये तर उत्तर कोरियाली नेता किम जोङ उनकाे नाम पनि समेटिएकाे छ । उनी ३६ औँ स्थानमा छन् ।

 

माेदी सी जीनपिङ किम जाेन विश्वकै शक्तिशाली व्यक्ति

विशेष