सिंहदरबारमा ३ दर्जन भुस्याहा कुकुर !

काठमाडौं । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा मुलुकका नीति निर्मातादेखि सर्वसाधारणको बाक्लो चहलपहल हुने गरेको छ ।
तर, सिंहदरबारमा मानिसको मात्रै होईन, कुकुरको समेत बासस्थान बनेको छ ।
सिंहदरबारमा जताततै भुस्याहा कुकुरको झुन्ड देख्न सकिन्छ ।यहाँ तीन दर्जनभन्दा बढी कुकुर बस्दै आएका छन् ।
सिंहदरबार काठमाडौं महानगरपालिकाले कुकुर व्यवस्थित क्षेत्र घोषणा गरेको ठाउँ हो ।
तर, यहाँ कुकुरको झुन्डा हटेको छैन । मंगलबार दिउँसो सिंहदरबार पुग्दा ठाउँठाउँमा कुकुरहरुको झुन्ड देखिन्थ्यो ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
सिंहदरबार भुस्याहा कुकुर