News खेल

वेष्ट इन्डिजसँग विश्व-११ पराजित, सन्दीपले एक ओभर मात्रै बलिङ गर्न पाए

वेष्ट इन्डिजसँग विश्व-११ पराजित, सन्दीपले एक ओभर मात्रै बलिङ गर्न पाए

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामीछाने आवद्ध आइसीसी वल्र्ड-११ वेस्ट इन्डिजसँग ७२ रनले पराजित भएको छ ।

 

गए राती  इङ्ल्यान्डको लर्डस मैदानमा भएको खेलमा विश्व-११ पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले मात्र चार विकेट गुमाउदैं १ सय ९९ रनको योगफल तयार पार्यो ।

 

उसका लागि इभिन लुइसले फिस्फोटक ब्याटिङ गरे । उनले २६ बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ५८ रन बनाए । यस्तै, दिनेश रामदिनले ४४ रन, मर्लुस सामुयल्सले ४३ रन, क्रिश गेलले १८ रन, एन्ड्रु रसेलले २१ रन तथा आन्द्रे फ्लेचरले ७ रन बनाएका थिए ।

 

बलिङतर्फ रसिद खानले २ विकेट लिए भने शोहिव मलिक र शाहीद अफ्रिदीले १–१ विकेट हात पारे । २०० रनको लक्ष्य पछ्याएको विश्व- एघार १६.४ ओभरमा १ सय २७ रनमा अलआउट भयो ।

 

विश्व-एघारका लागि थिसरा परेराले सर्वाधिक ६१ रनको योगदान दिए भने सोहिब मलिकले १२, शाहीद अफ्रिदीले ११, मिचेल म्याकलेनाघनले १०, रसिद खानले ९, साम बिलिङ्सले ४ तथा सन्दीप लामिछानेले अविजित ४ रनको योगदान दिए ।

 

दिनेश कार्तिक शून्यमै आउट भएका थिए ।

बलिङतर्फ केस्रिक विलियम्सले ३ विकेट लिए भने सामुयल बद्री र एन्द्रे रसेलले २–२ विकेट हात पारे । किमो पाउल र कार्लोस ब्राथवेटले पनि १–१ विकेट लिए ।

 

गएको वर्ष वेष्ट इण्डिजमा आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन इंग्ल्याण्डको लड्र्समा खेल आयोजना भएको थियो ।

 

यो खेलका लागि विश्व क्रिकेटमा प्रभाव जमाएका भेट्रान तथा युवा खेलाडीलाई सम्मेलित गरी टिम बनाइएको थियो ।

 

जुन टिममा नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने पनि परेका थिए । १३औं ओभर बलिङ गर्दा सन्दीपको अगाडि दिनेश रामदिन र मर्लुन सामुयल्स थिए ।

पहिलो तीन बलमा एक एक रन खर्चिएका सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरेका थिए । उनले पाँचौं बलमा तीन रन खर्चिए भने छैटौं बल डट फाले । उनले कुल १२ रन दिएका थिए ।

पहिलो पटक अन्तर्राष्ट्रिय टि–२० मा ब्याटिङ गरेका सन्दिपले अविजित ४ रनको योगदान दिए ।

रसिद खान आउट भएपछि क्रिजमा आएका सन्दीपले केस्रिक विलियम्सको बलमा एक रन लिएका थिए भने एश्ले नर्सको बलमा तीन रन लिएका थिए ।

वेष्ट इन्डिज सन्दीप लामीछाने आइसीसी वल्र्ड-११

विशेष