News देश

राष्ट्रियसभा नियमावली सर्वसम्मतिले पारित

राष्ट्रियसभा नियमावली सर्वसम्मतिले पारित

काठमाडाैं । राष्ट्रियसभा नियमावली, २०७५ सर्वसम्मतले पारित भएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ सर्वसम्मतले पारित भएको हो ।

 

फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहलाई निलम्बन नगर्ने पक्षमा सबै दलको सहमति भएपछि नियमावली सर्वसम्मतिले पारित भएको थियाे । नियमावलीमा फौजदारी अभियोग लागेका सांसदहरुको सेवा, सुविधा भने कटौति हुने स्पष्ट पारिएको छ ।

 

बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले राष्ट्रियसभा नियमावली पारित गरियोस् भनि प्रस्ताव राखेका थिए । राष्ट्रियसभा प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेश गरेका हुन् ।

 

नियमावलीमा ४ वटा समिति रहने व्यवस्था गरिएको छ । संसदमा सरकारलाई जवाफदेही बनाउन प्रधानमन्त्री र मन्त्रीहरुले अनिवार्य जवाफ दिने बाध्यात्मक व्यवस्था पनि गरिएको छ ।

 

नियमावलीमा समितिको नेतृत्वमा ३३ प्रतिशत महिला अनिवार्य रहने व्यवस्था पनि गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी असार ३ गते आईतबार ११ बजे बस्नेछ 
 

पारित राष्ट्रियसभा नियमावली

विशेष