News मुख्य समाचार प्रदेश ४

प्रदेश ४ काे प्रदेशसभा बैठकमा नेपाली कांग्रेसकोे अवरोध

प्रदेश ४ काे प्रदेशसभा बैठकमा नेपाली कांग्रेसकोे अवरोध

पाेखरा । प्रदेश ४ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध गरेको छ । टेबुल भएका विधेयक र प्रस्तावहरू पहिले छलफल गरी टुंग्याउनुपर्ने मागसहित कांग्रेसले आइतबारको बैठकमा अवरोध गरेको हो ।

 

कांग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेर मात्रै अगाडि बैठक चलाउन आग्रह गरेको छ । गएको चैत १२ गते गठीत नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको छ ।

 

तर नियतवस प्रदेशको नामका विषयमा छलफल नचलाइएको भन्दै कांग्रेसले बैठक अवरोध गरेको हो । प्रदेशको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद स्थगित गरिएको थियो ।

 

२ बजेका लागि बोलाइएको बैठक सहमति जुट्न नसकेपछि पौने ५ बजेमात्रै सुरु भएको थियो । बैठकको सुरुमै कांग्रेसका सांसदहरु उठेर विरोध जनाए ।

 

त्यसपछि सभामुखले बोल्ने समय दिएपछि संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कुनै पनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने बताए ।

प्रदेश ४ नेपाली काँग्रेस अवरोध प्रदेशसभा बैठक

विशेष