मूल्यवृद्धिको विरोधमा नेविसंघले सरकारी गाडी जलायो

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्दै आएको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंको शंखमुलमा एउटा सरकारी गाडी जलाएको छ ।
नेविसंघका कार्यकर्ताले बा १ झ ८८१८ नम्बरको सरकरी गाडी जलाएका हुन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएको नेविसंघले आइतबार सरकारी गाडी चल्न नदिने घोषणा गरेको थियो ।
आफूहरुको आग्रह विपरित गाडी चलाएका कारण गाडीमा आगजनी गरेको नेविसंघले जनाएको छ । आगलागी लगत्तै दमकल, प्रहरी र स्थानीयबासिन्दाले आगो निभाउन प्रयास गरे पनि गाडीमा क्षति पुगेको छ ।
पेट्रोलियम पदार्थ मूल्यवृद्धि नेविसंघ गाडी जल्याे