News अपराध सुरक्षा मुख्य समाचार

३३ किलो सुन प्रकरण: ‘गोरे’सहित ३ जनालाई काठमाडौं लगिने

३३ किलो सुन प्रकरण: ‘गोरे’सहित ३ जनालाई काठमाडौं लगिने

काठमाडौं । साढे ३३ किलो बेपत्ता पारिएकाे सुन र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई काठमाडौं लगिने भएको छ ।

 

सम्पती शुद्धिकरण विभागले तस्करी र हत्या आरोपमा पुर्पक्षका लागि मोरङ कारगारमा रहेका चूडामणि उप्रेती, राप्रपा प्रजातन्त्रिकका नेता भुजुङ गुरुङ र छिरिङ वाङदा गुरुङलाई काठमाडौं लगिने भएको हो।

 

यसअघि, सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानका लागि काठमाडौं लैजान जिल्ला अदालत मोरङसँग अनुमति माग गरेको थियो।अदालतले आइतबार काठमाडौं लैजाने अनुमति दिएको हो।

 

सुन तस्करी प्रकरणको थप अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिले थप अनुसन्धानकालागि मुख्य आरोपीलाई काठमाडौं झिकाउने तयारी गरेको थियो।

 

उप्रेति सुन तस्करी प्रकरणका मुख्य अभियुक्त हुन भने भुजुङ र उनको साला पर्ने छिरिङ लगानीकर्ता हुन्। उनीहरुलाई अदालतले काठमाडौ लैजान आज अनुमति दिएपनि समय अभावका कारण सोमबार मात्र लगिने बताइएको छ।

३३ किलो सुन प्रकरण सनम शाक्य चुडामणि उप्रेती ‘गोरे’

विशेष