बजेटमा मन्त्रालयगत छलफल, आजको कार्यसूचीमा चार मन्त्रालय

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ को बजेटमा आइतबारबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको छ । आइतबार पहिलो दिन सन्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयले तयार पारेको कार्यसूचीमा छ ।
शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मन्त्रालयगत शीर्षकमा छलफल हुने छ । यो छलफल असार १ गते सक्ने लक्ष्य छ । त्यसपछि विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने छ । जवाफ दिइसकेपछि असार मसान्तभित्र बजेट पास गर्ने तयारी छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जेठ १५ गते १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट संघीय संसदमा पेश गरिसकेका छन् ।
छलफल बजेटमा