News समाज प्रदेश ३

पूर्वप्रहरीले नै टेरेनन् गृहको निर्देशन

पूर्वप्रहरीले नै टेरेनन् गृहको निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले यसअघि दिएको निर्देशन अहिले पनि पूर्व प्रहरी अधिकारीहरुले पालना गरेका छैनन् । गृहमन्त्री थापाले अनावश्यक सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गरे पनि अझै केही पूर्व प्रहरीहरूले सुरक्षाकर्मी राखिराखेको मन्त्रालय स्रोतले बताएको छ । 

 

पूर्वएआइजी कल्याण तिमल्सिना, बमबहादुर भण्डारी, मधु पुडासैनी, राजेन्द्रसिंह भण्डारी, डिआइजी सुरेन्द्र पाल लगायत पूर्वप्रहरीहरुले सुरक्षाकर्मीहरू फिर्ता नगरेको मन्त्रालयले जनाएको छ ।  उनीहसँग अहिले पनि दुईदेखि तीन जनासम्म सुरक्षाकर्मी भएको गृह स्रोतले बताएको छ। तर, गृहमन्त्री थापाले मन्त्रालयको जिम्मेवारी सम्हाले लगतै कांग्रेस नेता अर्जुननरसिंह केसी, शंकर भण्डारी लगायत नेता तथा पूर्वसचिवका चालक फिर्ता गरिएको थियो।

 

पूर्वआइजीपी अच्युतकृष्ण खरेलले पनि सुरक्षाकर्मी फिर्ता नगरेको पाइएको छ। पूर्वएआइजी तिमिल्सनाले जवान गोपी तामाङ तथा प्रहरी  ओमबहादुर कुँवर र हेमबहादुर भुजेल घरमा अर्दलीको रूपमा राखेका प्रहरी अझै फिर्ता गरेका छैनन्।

 

बमबहादुर भण्डारीको घरमा पनि तीन जना सुरक्षाकर्मी रहेका छन्। प्रहरी जवान सञ्जय यादव, गणेश सुवाल र अन्य एक जना जवान छन्। पूर्वएआइजी मधु पुडासैनीले तीन जना सुरक्षाकर्मी नियम विपरीत राख्दै आएको गृह स्रोतले जनाएको छ।

 

राजेन्द्रसिंह भण्डारीको घरमा तीन जना सुरक्षाकर्मी रहेको देखिएको छ। गृहमन्त्री  थापाले ८२ बुँदे गृह सुधार योजनामा वैशाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने उल्लेख गरिएको छ। तर, यो कार्यान्वयनमा अझै आउन सकेको देखिदैन् । 

निर्देशन पूर्वप्रहरीले टेरेनन्

विशेष