News समाज प्रदेश ३

पशुपतिमा पाँच हजार विरुवा रोप्ने अभियान 

पशुपतिमा पाँच हजार विरुवा रोप्ने अभियान 

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरु गरिएको छ । उक्त अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने पशुपति विकास कोषले बताएको छ । 

 

अभियानको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गरेका थिए । अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजातलगायत जातका २ सय ५० वृक्षरोपण गरिएको कोषका सदस्यसचिव डा प्रवीण ढकालले बताए । 


रोपिएका बिरुवा हुर्काउन पनि कोषले मानिस खटाउने भएको उनले जानकारी दिए । एउटा बिरुवा हुर्काउन ११ हजार १ सय १४ खर्च लाग्ने उनले बताए । पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनले जन्मदिन, वैवाहिक वर्षगाठलगायत अवसरमा वृक्षरोपण गरी हुर्काउन चाहेमा त्यो अवसर प्रदान गर्ने कोषले निर्णय गरेको छ । युरेशिया रेयुकाईले यहि साता ३ सय  बिरुवा रोप्न स्वीकृति लिइसकेको कोषले जानकारी दिएको छ ।

अभियान पशुपतिमा विरुवा

विशेष