News खेल

'भिक्टोर मोसेस' हुन् नाइजेरियाका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी

'भिक्टोर मोसेस' हुन् नाइजेरियाका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी

काठमाडाैं । इङ्लिस क्लब चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका भिक्टोर मोसेस नाइजेरियाका महत्वपूर्ण खेलाडी हुन्। यी खेलाडीबाट टोलीले धेरैभन्दा धेरै फाइदा लिनसक्छ। मोसेस टोलीका लागि रक्षात्मक वा आक्रामक मिडफिल्डरका साथै स्ट्राइकरको भूमिकामा समेत खेल्न सक्छन्।

 

 ड्रिब्लिङ, बलसँगको तीव्र गति तथा बलका लागि सही ठाउँ पत्ता लगाएर पुग्नसक्ने क्षमताले नै उनलाई कुनै पनि टोलीको पहिलो रोजाइको खेलाडी बनाउने गरेको छ।

 

विपक्षी खेलाडीबाट बल खोस्न वा विपक्षी खेलाडीको बलसँगको तालमेल बिगार्न माहिर उनलाई आवश्यकताअनुसार रक्षात्मक रूपमा खेलाउन पनि प्रभावकारी देखिन्छ। २७ वर्षीय यी खेलाडी अगाडि बढेर गोल गर्न पनि उत्तिकै सक्षम छन्। सन् २०१२ मा नाइजेरियाको राष्ट्रिय टोलीमा डेब्यु गरेका मोसेसले त्यसयता ३४ खेल खेल्दै ११ गोलसमेत गरेका छन्।

 

 रुस विश्वकपमा नाइजेरियाका लागि आवश्यकताअनुसार मोसेसले रक्षात्मक मिडफिल्डर, आक्रामक मिडफिल्डर वा स्ट्राइकरका रूपमा समेत खेल्न सक्छन्। र, उनले आफ्नो त्यही क्षमताबाट नाइजेरियालाई ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘डी’बाट नकआउट चरणतर्फ डोहोर्‍याउन सक्नेछन्। उनको त्यही प्रदर्शन रुस विश्वकपमा हेर्नलायक हुनेछ।

नाइजेरिया विश्वकप भिक्टोर मोसेस

विशेष