News समाज

दूध बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो

दूध बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आइतबार बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन्। 

 

इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ४१५५ नंको दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खसेको हो। 

 

घाइते हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ बस्ने ३४ वर्षीय हरि सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

प्रहरीका अनुसार घाइते सिलवालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्याङ्कर निकाल्ने कार्य जारी रहेको छ। खसेको ट्याङ्कर खाली रहेको प्रहरीले जनाएको छ। रासस

नारायणगढ-मुग्लिन सडकखण्ड ट्ंयाङ्कर त्रिशूली नदी

विशेष