News समाज

लाजिम्पाटस्थित इजरायली दूताबासमा प्रहरीका असईले आफैंमाथि गोली चलाए

लाजिम्पाटस्थित इजरायली दूताबासमा प्रहरीका असईले आफैंमाथि गोली चलाए

काठमाडौं । राजधानीको लाजिम्पाटस्थित इजरायली राजदूताबासमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नै निधारमा गोली हानेर आत्महत्या गरेका छन् । 


बिहान करीब साढे १० बजेतिर दूताबासस्थित ब्यारेकमा असई अनुपराज थापाले निधानमा  आफैंलाई गोली हाने आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । 

 

स्थायी घर भक्तपपुर भएका २६ वर्षीय थापा महानगरीय प्रहरी पहरा गणबाट इजरायली दूताबासको सूरक्षामा खटिएका थिए ।  घटनाबारे अनुन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । 

आत्महत्या इजरायली राजदूताबास अनुपराज थापा

विशेष