विदेश मुख्य समाचार

ट्रम्पसँगको शिखर वार्ताका लागि किम सिंगापुर पुगे

ट्रम्पसँगको शिखर वार्ताका लागि किम सिंगापुर पुगे

काठमाडाैं । उत्तर कोरियाली नेता किम जङ-अन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन्।

 

एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका थिए । विदेशमन्त्री बालाकृष्णन शुक्रबार मात्र प्योङयाङ पुगेका थिए ।

 

आफ्ना वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरूसहित किम सिंगापुर पुगेका छन् । किन नेतृत्वको प्रतिनिधिमण्डल सेन्ट रेगिस होटलमा बस्नेछन् । राष्ट्रपति ट्रम्प पनि शिखर बैठकका लागि त्यसतर्फ गइरहेका छन् । 

 

ट्रम्पले किमसँगको शिखर वार्ता शान्तिका लागि 'एक पटकको प्रयास' हुने बताएका छन् । दुई नेताबीच सिंगापुरस्थित सेन्तासा आइल्याण्डमा रहेको क्यापेला होटलमा मंगलवार भेटवार्ता हुनेछ।

 

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हुनेछ। यसअघि ट्रम्पले वार्ताबाट केही हुने अथवा नहुने कुरा आफूले एक मिनेटभित्रै थाहा पाइहाल्ने बताएका थिए।

 

वाशिङटन उत्तर कोरियालाई निश्शस्त्रीकरणका लागि सहमत गराउन खोजिरहेको छ।

डोनल्ड ट्रम्प शिखर वार्ता किम जङ-अन सिंगापुर

विशेष