News

बजेटकाे प्रशंसा गर्दै सिलवालले भने : प्रतिपक्षले पोजिशन लिन आलोचना गरेका हुन्

बजेटकाे प्रशंसा गर्दै सिलवालले भने : प्रतिपक्षले पोजिशन लिन आलोचना गरेका हुन्

प्रतिनिधि सभाका सांसद नवराज सिलवालले सरकारले ल्याएको बजेट  यथार्थवादी भएको विश्लेषण गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारले ल्याएको बजेटको विषयमा संघीय संसदमा जारी बैठकलाई सम्बोधन गर्दै सांसद सिलवालले बजेटले मुलुकको भविष्य निर्माण गर्न एउटा आधारशिला खडा गरेको दाबी गरेका हुन् ।


अर्थतन्त्रमा सुधार आएको अनुमान गर्दैै उनले भने ‘ यसभन्दा अघिको बजेट अर्थतन्त्रको बाटोबाट बाहिर जान लागेको थियो । अर्थतन्त्रमा चोट लागेको थियो । घाउ लागेको अर्थतन्त्रलाई मल्हम लगाएर सही ट्र्याकमा ल्याउने काम अहिलेको बजेटले गरेको छ ।’ सम्बोधनको क्रममा प्रतिपक्षी दलका सांसदले बजेट रुचाएर पनि  आफ्नो पोजिशन लिनको लागि आलोचना गरेको उनले स्पष्ट पारे ।

 

‘प्रतिपक्षीहरूसँगै बसेर चिया खाँदै कुराकानी गर्दा एकजनाले भन्नुभयो कि बजेट त राम्रै आएको छ । तर हाम्रो पोजिसन त हामीले लिनुप¥यो नि।’ बजेटले प्राथमिकता तोकेको छैन भन्ने आलोचना भएपनि कृषि, जलविद्युत, पूर्वाधार लगायतका सबै विषयहरूलाई उतिकै महत्व दिएर प्राथमिकिकरण गरेकोमा  सबैलाई न्याय गरेको बताए ।

 

 
 बजेटबारे सत्तापक्षकै सांसाद र प्रतिपक्षहरूले व्यापक आलोचना गरिरहेको बेला उनले भने बजेटबाट कोही निराश बन्नु नपर्ने आशय राखे ।’

 

सांसद सिलवाल नेकपा एमालेबाट प्रतिनिधि सभाको सदस्यमा ललितपुर क्षेत्र नं १  बाट निर्वाचित सांसद हुन् । 

नवराज सिलवाल

विशेष