रेलकाे कुरा हरायाे, दुइवटा पुल बनाइदिने कुरा पाे भयाे चीनसँग, यति काम त गाउँपालिकाले नै गर्न सक्छन्
काठमाडाैं । चीनले नेपाल जोड्ने दुइ प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुन बनाईदिने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाईदिने चिनियाँ प्रस्ताव आईतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो ।
प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।
भ्रमण तिथि भने तय भईसकेको छैन । कान्तिपुर दैनिकबाट