News अर्थ समाज प्रदेश ३

आरके ज्वेलर्समा सुन अनुसन्धान समितिको छापा

आरके ज्वेलर्समा सुन अनुसन्धान समितिको छापा

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको छ । समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको प्रहरी  स्रोतले बताएको छ । दुई वटै पसलबाट प्रहरी ठूलो परिणाममा सुन बरामद गरेको स्रोतको दाबी छ ।

 

ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । यसअघि प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेको थियो । शुक्रबार अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजातहरु बरामद भएको थियो ।

छापा ज्वेलर्समा

विशेष