News राजनीति

गगनकाे गम्भिर अाराेपः प्रधानमन्त्री अाेलीका कारण संघीयताका खतरामा छ

गगनकाे गम्भिर अाराेपः प्रधानमन्त्री अाेलीका कारण संघीयताका खतरामा छ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सबैभन्दा बढी खतरा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको गम्भीर आरोप लगाएका छन् । नेता थापाले यो व्यवस्थालाई जोगाउने दायित्व आफ्नो पार्टीको रहेको दाबी गरे ।

 

सोमबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघको एक कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्वराजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट खतरा रहेको चर्चा हुने गरे पनि सबैभन्दा बढी खतरा दुई तिहाई बहुमतको नेतृत्व गरेर सरकार संचालन गरिरहेका प्रधानमन्त्री ओलीबाट रहेको दाबी गरे।

 

नेता थापाले अमेरिका, फिलिपिन्सलगायतका मुलुकहरुमा पनि निर्वाचित राष्ट्रपतिबाटै लोकतन्त्रमाथि खतरा रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको भन्दै नेपालमा पनि त्यसको संकेत देखिएको तर्क गरे ।

 

प्रधानमन्त्रीलाई नै संघीयता, समावेशीता मन नपरेका कारण खतरामा पर्न सक्ने उनको दाबी छ । प्रधानमन्त्री ओलीले ‘अब स्थिरता भयो, संस्था, अड्डा अदालत केही काम लाग्दैन, काम गर्न सक्ने व्यक्ति म मात्र हो भन्ने सोच राखेको उनको आरोप छ ।

 

उनले हारको मानसिकता बोकेर कांग्रेस अघि बढन नसक्ने पनि स्पष्ट पारे । कांग्रेस नेतृत्वमा संविधान जारी भएको, निर्वाचन सम्पन्न भएको भन्दै अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्ने दायित्व पनि कांग्रेसकै भएको नेता थापाको भनाइ छ ।

गगन थापा प्रधानमन्त्री केपी शर्मा ओली संघीयता खतरामा

विशेष