News राजनीति

अब राजपा सरकारमा जान्छः महासचिव झा

अब राजपा सरकारमा जान्छः महासचिव झा

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताएका छन्।

 

सोमबार आयोजित साक्षात्कारमा उनले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका सभासद् रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको बताए।

 

नेता झाले नेपालको संविधान जारी भएको तीन वर्षमा संघीयतालाई कार्यान्वयन गर्न धेरै संघीय कानून बनाउन बाँकी रहेको बताउँदै आगामी असोज ३ भित्र कानून जसरी पनि बनाउनु पर्ने बताए।

 

अर्को प्रसङ्गमा उनले प्रदेश नं २ मा राजपा र सङ्घीय समाजवादी फोरम नेपालको सरकार रहिरहने तथा त्यहाँको सरकारलाई राजपाको पूर्ण समर्थन रहने बताए ।

केशव झा राजपा सरकार

विशेष