News अर्थ

अर्थमन्त्रीकाे जवाफः कछुवा र वायुपंखी गतिमा हाेइन यथार्थलाई अनुभूत गर्दै बजेट ल्याइयाे

अर्थमन्त्रीकाे जवाफः कछुवा र वायुपंखी गतिमा हाेइन यथार्थलाई अनुभूत गर्दै बजेट ल्याइयाे

काठमाडाैं । प्रतिपक्ष दल र सत्ता पक्षकै केही सांसदले बजेटमाथि आलोचना गरिरहेको बेला अर्थमन्त्री युवराज खतिवडाले बचाउ गरेका छन् । 

 

राष्ट्रिय सभामा सांसदले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै खतिवडाले बजेट कछुवाजमिनको यथार्थलाई अनुभूति हुनेगरी आएको बताएका हुन् । 
खतिवडाले भने, ‘बजेट कछुवा गतिको पनि होइन, वायुपंखी पनि होइन। जमिनको यथार्थलाई अनुभूति गर्दै बजेट ल्याइएको छ ।’

 

प्रतिपक्षका सांसदले बजेट वायुपंखी रुपमा ल्याइएको भन्दै गरेको प्रश्नको जवाफमा  अहिलेको अर्थतन्त्रको अवस्था बायुपंखी बजेट ल्याउन सकिने खालको नभएकाले गर्न सकिने योजना समेट्दै बजेट ल्याएको खतिवडाले जवाफ दिएका थिए ।

 

बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि, ५ लाखलाई रोजगारी, ५ वर्षमा कृषिको उत्पादन दोब्बर, २ वर्षमा देशभरी सिंचाई र खानेपानी सुविधा पुर्याउने योजना समेटिएको भन्दै कछुवा गतिको संकेत नभएको खतिवडाले दाबी गरेका थिए। उनले भने, ‘ बजेट आफ्नै मैलिकता अनुसार बनाएका हौं।

 


‘पहिले अर्थतन्त्रको गतिमा सुधार गर्नु छ खतिवडाले भने अहिले यतिकाम गर्न सकेनौं भने अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन सकिदैन।’
खतिवडाले अर्थतन्त्र सुधार गर्ने सरकारको योजना रहेको र आगामी वर्ष चालु आर्थिक वर्षको भन्दा ४० प्रतिशत ठुलो बजेट ल्याइएको र ३६.५ राजस्व बढी राजस्व संकलनको लक्ष्य राखिएको बताए।

 


बजेटले निजी क्षेत्रलाई संरक्षण गर्न खोजेको भन्दै अर्थमन्त्रीले बजेट निजी क्षेत्र मैत्री नरहेको भनाइ सत्य नभएको बताए। संविधानले नै निजी क्षेत्रका लागि पर्याप्त ठाउँ दिएकाले अर्थमन्त्रीले निजीलाई खुम्च्याउन नसक्ने उनको  भनाई थियो। खतिवडाले बढी कमाउनेलाई बढी कर र थोरै कमाउनेलाई थोरै कर लगाउने व्यवस्था न्यायोचित भएको बताए।

 

पुनर्निर्माण प्राधिकरणको बजेट प्रधानमन्त्री कार्यालयमा राखिएकाले प्रधानमन्त्री कार्यालयको बजेट बढि देखिएको भन्दै खतिवडाले प्रधानमन्त्री कार्यालयको बजेट बढाएर अधिनायकबाद ल्याउन खोज्यो भन्नु हास्यास्पद भएको बताएका थिए।

बजेट युवराज खतिवडा

विशेष