News प्रदेश ७

कञ्चनपुरमा एकैदिन ४ जनाले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरमा शुक्रवार एकै दिन चार जनाले आत्महत्या गरेका छन्। दुई जनाले बिषादी सेवन गरी आत्महत्या गरेका हुन भने दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन्।

 

 बिषादी सेवन गरी आत्महत्या गर्नेमा भीमदत्त नगरपालिका ६ ऐठपुरका ४४ वर्षीय पशुपति चौधरी र बेदकोट नगरपालिका ७ धरमपुरकी १८ वर्षीया निलम राना रहेका छन्। दुवै जनाले घरमै राखेको बालीमा प्रयुक्त हुने बिषादी सेवन गरी आत्महत्या गरेको बताइएको छ ।  

 

 चौधरी र रानाले बिषादी सेवानपछि उपचारका लागि कैलालीतर्फ लादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताए।

 

यसैगरी, बेदकोट नगरपालिका ३ जनशंकर सामुदायिक वन भित्र रहेको मालुको रुखमा दोपट्टमा झुण्डिएर अन्ताजी ३५ वर्षीया पहिचान खुल्न नसकेकी महिलाले आत्महत्या गरेकी छन्। अस्थायी प्रहरी पोस्ट दैजीको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु भएको जनाइएको छ।

 

कृष्णपुर नगरपालिका ३ देखतभूलीका २१ वर्षीय नेन सिंह रानाले शुक्लाफाँटा नगरपालिका १२ स्थित समावेशी सामुदायिक वनमा जामुनको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक सेटीले बताए।  

 

आत्महत्या गरेका तीन जनाको शव आफन्त जिम्मा लगाइएको छ भने पहिचान खुलन नसकेकी महिलाको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ।
 

विशेष