१७ वर्षे किशोरले आमालाई दुर्व्यबहार गर्ने एक युवकको गरे हत्या
काभ्रे । आफ्नो आमालाई पटकपटक दुर्व्यबहार गरेको भन्दै १७ वर्षे किशोरले एकजना युवकको हत्या गरेका छन् । बनेपा- ११ धनेश्वरमा गत मंगलबार ३५ वर्षे युवालाई हत्या गरेर फरार भएका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ती किशोरले आमालाई यौन दुव्र्यबहार गरेको सहन नसकी हत्या गरेको बताएका छन् । शुक्रबार इलाका प्रहरी कार्यालय बनेपामा प्रहरीले गरेको पत्रकार सम्मेलनमा मुख्य अभियुक्त सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय लक्ष्मण भनिने बसन्त खड्काले ४ महिना अगाडि बुवाको निधनपछि ईश्वर थापाले पटकपटक दुव्र्यवहार प्रयास गरेपछि झगडा सुरु भएको बताएका छन् ।
अभियुक्तकी आमासँग मृतक ईश्वर थापाले जबरजस्ती नागरिकता र लालपूर्जा थुतेर लगेपछि घटनाले उग्ररुप लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए । अभियुक्त खड्का र उनका आफन्त बनेपा ४ नालाका राजु सिग्देलले नागरिकता र लालपूर्जा माग्न जाँदा राति नै हत्या गरेर फरार भएका थिए ।
फरार भएका अभियुक्त बसन्त खड्का र राजु सिग्देललाई प्रहरीले विराटनगरबाट पक्राउ गरि ल्याएको थियो । घटनाका मुख्य अभियुक्त भनिएका बसन्त खड्का हाल कक्षा ११ मा अध्ययनरत रहेका छन् ।
बसन्त खड्का काभ्रे