News व्यापार अर्थ देश

रेमिट्यान्सको वृद्धिदर वैशाखसम्म वर्षकै उच्च

रेमिट्यान्सको वृद्धिदर वैशाखसम्म वर्षकै उच्च

काठमाडौं । विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर चालु आर्थिक वर्षको १०औं महिनामा आएपछि बढेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा ७ प्रतिशतले वृद्धि भएको छ ।

 

१० महिनासम्म विदेशबाट ६ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्ष यो समयसम्म रेमिट्यान्स आप्रवाह ५।२ प्रतिशतले मात्रै बढेको थियो । वैशाखसम्म विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा १।८ प्रतिशतले वृद्धि भएको छ । खुद ट्रान्सफर आप्रवाहमा भने ०।१ प्रतिशतले गीरावट आएको छ ।

 

समीक्षा अवधिसम्म खुद ट्रान्सफर ६९२ अर्ब २३ करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०।३ प्रतिशतले बढेको थियो । यो वर्ष विदेशबाट नेपालीले आर्जन गरेर पठाउने रकमको वृद्धि अनुपात लगातार ओरालो लागिरहेको थियो ।

रेमिट्यान्स वृद्धिदर

विशेष