News अपराध सुरक्षा

यातायात कार्यालयबाट १३ जना बिचौलिया पक्राउ

यातायात कार्यालयबाट १३ जना बिचौलिया पक्राउ

काठमाडौं । प्रहरीले यातायात कार्यालय ठूलो भर्‍याङबाट १३ जना बिचौलियालाई पक्राउ गरेको छ। छिटो र सहज तरिकाले सेवा दिने भन्दै पैसा उठाएर कर्मचारीलाई बुझाउनेहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

 

पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध मुद्दामा कारबाही गरिने काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए। काठमाडौंका यातायात तथा मालपोत कार्यालयमा बिचौलियाहरुका कारण सर्वसाधरणहरु पीडित छन्।

 

कर्मचारीले बिचौलियामार्फत जानेहरुको काम छिटो गरिदिने तर अरुको काम गर्न ढिला सुस्ती गर्दछन्। परिसरले यसअघि बैदेशिक रोजगार कार्यालय ताहाचाल तथा यातायात कार्यालय गुर्जुधाराबाट बिचौलियालाई पक्राउ गरेको थियो। 

पक्राउ बिचौलिया यातायात कार्यालय

विशेष