News अपराध सुरक्षा

रसुवामा विप्लवका चार कार्यकर्ता पक्राउ

रसुवामा विप्लवका चार कार्यकर्ता पक्राउ

रसुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिलका जिल्ला संयोजकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

 

पक्राउ पर्नेमा अखिल रसुवाका संयोजक नविन घिमिरे, अखिलका जिल्ला सदस्य सेजन ठकुरी, अखिलका केन्द्रिय सदस्य अटल शर्मा र पश्चिम ताम्सालिङ इञ्चार्ज बद्री अधिकारी रहेका छन्। उनीहरुसँगै रसुवाली कवि ठाकुर तिमल्सिना पनि पक्राउ परेका छन्।

 

मंगलबार कालिका गाउँपालिका ४ धुसेनीमा अखिल क्रान्तिकारीको नवौं जिल्ला सम्मेलनमा प्रहरीले धरपकड गरी पक्राउ गरेको नेपाल कम्युनिस्ट पार्टी रसुवाका इञ्चार्ज रजमान तामाङले बताए।

रसुवा पक्राउ विप्लव नविन घिमिरे सेजन ठकुरी

विशेष