News राजनीति

अाफ्नै पार्टीका नेताप्रति देउवाकाे आक्रोशः कम्युनिस्टहरूकाे आलोचना गर्न डराएर ममाथि खनिने

अाफ्नै पार्टीका नेताप्रति देउवाकाे आक्रोशः कम्युनिस्टहरूकाे आलोचना गर्न डराएर ममाथि खनिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुले आफ्नो मात्रै आलोचना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सभापति देउवाले आफ्नो आलोचना गरेर पार्टी सामू आइपरेको चुनौतिको सामना गर्न नसकिनेतर्फ पनि पार्टीका नेताहरुलाई सचेत गराए ।

 

मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा उदघाटन गर्दै उनले पार्टीका नेताहरु कम्युनिस्टहररूकाे आलोचना गर्न डराएर अाफूमाथि खनिने गरेकाे गुनासाे गरे ।

 

सभापति देउवाले विद्यमान चुनौतिलाई सामना गरेर अघि बढन पार्टी भित्र एकताको विकल्प नरहेको  बताए । उनले आफूले पार्टीको विधान अनुसार गरेको निर्णयप्रति पनि असन्तुष्टि जनाउने काम भइरहेको भन्दै आपत्ति जनाए । सभापति देउवाले पार्टी विधान वा सहमतिको आधारमा चल्ने स्पष्ट पारे ।

शेरबहादुर देउवा नेपाली काँग्रेस नेपाल ट्रेड युनियन

विशेष