विदेश मुख्य समाचार

'नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

'नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ। यसलार्इ विश्वले एेतिहासिक वार्ताका रुपमा पनि हेरेकाे छ ।

 

दुई नेताहरू कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्। एक्लाएक्लै वार्तामा बस्नुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ट्रम्पले किमसँग 'एकदम राम्रो सम्बन्ध' हुने अपेक्षा गरे।

 

उनले भने, "मलाई एकदम राम्रो लागिरहेको छ। हामी राम्रो कुराकानी गर्न गइरहेका छौँ र त्यो एकदम सफल हुनेछ।" एकसाथ बसेका दुई नेताहरूले प्रतिकूलताका बावजुद सहज अवस्थामा देखिएका थिए।

 

किमले भने, "यहाँसम्म आइपुग्न सहज थिएन, अनेकौँ अप्ठ्याराहरू थिए तर यहाँसम्म आइपुग्न हामीले त्यसलाई जित्यौँ, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’।" 


सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा ट्रम्प र किमले एकअर्कासँग हात मिलाएका थिए। आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे।

 

त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए।

 

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हो।

डोनल्ड ट्रम्प किम जङ-अन सिंगापुर

विशेष