विदेश

ट्रम्प‍-किम भेट: संयुक्त सहमतिपत्रमा हस्ताक्षर

ट्रम्प‍-किम भेट: संयुक्त सहमतिपत्रमा हस्ताक्षर

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनले सिंगापुरमा अभूतपूर्व वार्ता गरेपछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

 

राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीबाट आफूले निकै गर्वको अनुभव गरेको बताएका छन्। उनले विगतको दांजोमा अब संयुक्त राज्य अमेरिका र कोरियाली प्राय:द्वीपबीचको सम्बन्ध नितान्त भिन्न हुने पनि बताएका छन्।

उनले दुवै पक्षले एकदमै विशेष सम्बन्ध विकसित गरेको समेत भनेका छन्। नेता किमले बैठक ऐतिहासिक भएको भन्दै विश्वले अब ठूलो परिवर्तन देख्न पाउने बताए।

 

दुवै पक्षबीच हस्ताक्षर भएको सहमति पत्र पत्रकारहरुलाई वितरण गरिंदैछ। संयुक्त राज्य अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निश्शत्रीकरणका लागि जोड दिंदै आएको थियो। 

किम-ट्रम्प भेटवार्ताको अर्थ

'नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

ट्रम्प-किम वार्ता आज, नेपाललाई के प्रभाव पार्ला ?

ट्रम्पसँगको शिखर वार्ताका लागि किम सिंगापुर पुगे

डोनल्ड ट्रम्प किम जङ-अन हस्ताक्षर सिंगापुर

विशेष