News

दाइजो लिएको खुलासा गरिदिएको भन्दै सञ्चारमन्त्रीले नेपाल टेलिभिजनको कार्यक्रम नै बन्द गरिदिए 

दाइजो लिएको खुलासा गरिदिएको भन्दै सञ्चारमन्त्रीले नेपाल टेलिभिजनको कार्यक्रम नै बन्द गरिदिए 

काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘सिधा प्रश्न’ कार्यक्रम बन्द गर्ने आदेश दिएका छन् । केही दिन अघि सञ्चारमन्त्री बास्कोटा सोही कार्यक्रममा अन्तर्वार्ता दिन पुगेका थिए । अन्तर्वार्ताका क्रममा आफूलाई क्रान्तिकारी कम्युनिष्ट भन्न रुचाउनेले दाइजो किन लिएको ? भन्ने प्रश्न गरिएको थियो । उनले दाइजो नलिएको दावी गरे । तर कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बास्कोटाको सम्पत्ति विवरणमा १७ तोला सुन र ५० तोला चाँदी दाइजोमा लिएको कागज देखाइदिएका थिए । 

 

मन्त्री बास्कोटाले झुट बोलेको भिडियो क्लिप अहिले भाइरल भएको छ । नेपाल टेलिभिजनमा सिधा प्रश्न बिगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको थियो । पत्रकारीता नै गरेर अगाडि बढेका सञ्चारमन्त्री गोकुल बास्कोटा अहिले पनि नेपाल पत्रकार महासंघका सदस्य हुन् भन्ने गरिन्छ । आफूले झुट बोलेको कुरा भाइरल भएको झोंकमा कार्यक्रम बन्द गरिदिएको कार्यक्रमका सञ्चालक राजु थापाले आरोप लगाएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल टेलिभिजनमा बिगत १२ वर्षदेखि सञ्चालित कार्यक्रम ‘सिधा प्रश्न’ सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाको ठाडो निर्देशनमा बन्द गरिएको हो । केही दिन अघि सोही कार्यक्रममा मन्त्री बास्कोटाले लाइभ अन्तर्वार्ता दिँदा झुट बोलेको कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि रिसाएर उक्त गलत कदम चालेका हुन् । ’
 

विशेष