बाजेको सेकुवा कर्नरमा प्रहरीको छापा, सुनकाण्डमा मुछिएका सञ्चालक भण्डारी फरार
३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौंको बाजेको सेकुवा कर्नरमा छापा मारेको छ ।
बुधबार अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित ६ शाखामा छापा मारी सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै कारोबार रोक्का गरेको समितिले जनाएको छ ।३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी मुछिएका थिए ।
सुन विमानस्थलबाट हराएपश्चात सनम शाक्यको हत्या घटनाको अनुसन्धानका क्रममा तस्करीको गिरोहमा भण्डारीको समेत संलग्नताको प्रमाणहरु भेटिएका थिए ।
त्यसलगतै छानविन समितिले बैंक खाता रोक्का गर्न पत्राचार समेत गरेको थियो ।कर्नरका मालिक चेतन भण्डारी भने अहिले फरार रहेका छन् । उनलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो ।
घटनासम्बन्धी थप अनुसन्धान जारी राख्ने समितिले जानकारी दिएको छ ।