News भिडियो अपराध सुरक्षा

एसएसपी विश्वको एक्सन ५० हजार लिटर घरेलु मदिरा नष्ट (भिडियाेसहित)

एसएसपी विश्वको एक्सन ५० हजार लिटर घरेलु मदिरा नष्ट (भिडियाेसहित)

काठमाडौं । राजधानीका विभिन्न स्थानबाट अवैध रूपमा उत्पादन गरिएको करिब ५० हजार लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । 


महानगरीय प्रहरी परिसर काठमाडौंले यसअघि बरामद गरेको घरेलु मदिरा बुधबार नष्ट गरेको हो । 


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशनमा महानगरीय परिसरले राजधानीका विभिन्न स्थानबाट बरामद गरेको घरेलु मदिरा नष्ट गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले बताए । 


काठमाडौं प्रहरीले उपत्यकामा अवैध उत्पादन तथा बिक्रीवितरण हुने मदिरा नियन्त्रणका लागि अभियान नै चलाउने तयारी गरिरहेको उनले जानकारी दिए । 


यसअघि पनि प्रहरीले बारम्बार अवैध रूपमा उत्पादित घरेलु मदिरा नष्ट गर्दै आइरहेको छ ।

महानगरीय प्रहरी घरेलु मदिरा

विशेष